गोविन्दराज जोशीको उम्मेदवारीविरुद्ध रामचन्द्र पौडेलको उजुरी प¥यो


कात्तिक १७, काठमाण्डौ । तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवार दिएका गोविन्दराज जोशीविरुद्ध उजुरी दर्ता भएको छ ।

जोशीविरुद्ध रामचन्द्र पौडेलले उजुुरी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुुँले जनाएको छ ।
निर्वाचन कार्यालय तनहुँबाट प्राप्त पत्रमा भनिएको छ, “तनहुँ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन मनोनयन पत्र दताए गराएका उम्मेदवार गोविन्दराज जोशीको विरोधमा सोही निर्वाचन क्षेत्रबाबट सोही पदमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवार रामचन्द्र पौडेलले दिएको उजुरी २०७४ कात्तिक १७ का दिन ४ः५० बजे यस कार्यालयमा क्रमसंख्या १ मा दर्ता गरी यो भरपाई दिइएको छ ।”

पौडेलले आफूविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गरेका हुन् । जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला अहिले पनि कायम रहेकाले जोशीले चुनाव लड्न नपाउने दावी पौडेलको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन् ।

पौडेलले जोशीलाई भ्रष्टाचारी ठहर गर्ने विशेष अदालतको फैसलाको प्रतिलिपि पनि पेश गरेका छन् । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको भन्दै कांग्रेसले उम्मेद्वार नबनाए पनि जोशीले तनहुँ १ मा नेता पौडेलविरुद्ध नै बागी उम्मेदवारी दिएका हुन् ।

नेता पौडेलले जोशीलाई पार्टीको अनुशासनविपरित उम्मेदवार दिएको आरोप लगाउँदै बाम गठबन्धनका उम्मेदवारलाई सहयोग पुग्ने गरी बागी उम्ममेदवा बनेको आशंका गरेका छन् ।

विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि जोशीले त्यो निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन् । जुन मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन छ ।

जोशीको हिजो उम्मेदवारी दर्ता भए पनि भ्रष्टाचार गरेको अभियोगमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन अवस्थामा थियो । उनको उम्मेदवारी खारेज हुनुपर्ने माग शुक्रबार विहानदेखि नै उठाइएको थियो ।

यद्यपी जोशीले भने प्रेस विज्ञप्ती निकाल्दै आफूलाई उम्मेदवार बन्न अयोग्य भनि गरिएको प्रचारप्रति आपत्ति जनाएका थिए ।