Logo

तलब भत्ता जनताको स्वास्थ्यमा खर्चने घोषणा



अर्घाखाँची, १८ कात्तिक : अर्घाखाँचीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका डा रामबहादुर बिसीले आफूले पाउने तलब तथा सेवा सुविधा स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्नुभएको छ ।

आफू स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र सरकारले दिने रु एक लाखले मात्र क्यान्सरको उपचार सम्भव नभएर हजारौँको ज्यान गएको कारण आफू निर्वाचनमा विजय भएमा आफूले पाउने सबै तलब, सेवा–सुविधा क्यान्सर रोगीको उपचारमा खर्च गर्ने बताउनुभयो ।

सन्धिखर्कमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै डा बिसीले जनता जनार्दन भएकाले आफूले पाउने तलब तथा सेवा सुविधा जनताकै नाममा खर्च गर्ने बताउनुभएको हो ।

उहाँले जिल्लालाई नमूना जिल्ला बनाउनका लागि मेरो उम्मेदवारी हो, निर्वाचनमा जनताको मन जित्ने कुरा ठूलो हो भन्नुभयो ।

बिसीले भन्नुभयो “विकास गर्नका लागि उम्मेदवार भएर आएको हँुदा जिल्लाको विकासका लागि निरन्तर लाग्ने र नमूना जिल्ला बनाउने अभियानमा लाग्ने छु । जनताले यसपटक फरक व्यक्ति खोजेकाले मैले जित्ने निश्चित छ ।” (रासस)



प्रतिक्रिया दिनुहोस्