Logo

उत्तर कोरियाको आणविक कार्यक्रम विश्वलाई नै खतरा : राष्ट्रपति ट्रम्प



टोकियो, २० कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि चुनौती हो भन्नुभएको छ ।

उहाँले भन्नुभयो– दक्षिण कोरियाको क्षेप्यास्त्र कार्यक्रम विश्वकै लागि ठूलो चुनौती हो र यसले कुनै एक देश विशेषलाई मात्र हानी गर्छ भन्ने होइन ।

विश्वको सभ्यताको मात्र होइन कि यो विश्व शान्तिका लागि पनि चुनौती हो– उहाँले भन्नुभयो । उत्तर कोरियाको आणविक कार्यक्रमले विश्वमा त्रास र अस्थिरता मात्र बढाउने गरेको उहाँको भनाई थियो ।

राष्ट्रपति ट्रम्प हाल जापानमा हुनुहुन्छ । उहाँ एसियाको भ्रमणका क्रममा आइतबार जापान पुग्नुभएको हो । उहाँले जापानमा सम्बोधन गर्ने क्रममा सो धारणा राख्नुभएको हो ।

पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकासहुदै परीक्षण गरेको थियो ।

यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको जापान भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि एक ठूलो महत्वका विषयका रुपमा लिन सकिन्छ । (रासस/एएफपी)



प्रतिक्रिया दिनुहोस्