Logo

इंग्ल्याण्डका दुई खेलाडीले आगामी दुई खेल गुमाउने



काठमाडौं, २१ कात्तिक । इंग्लिश फुटबल खेलाडीद्वय ह्यारी केन र ह्यारी विङ्क्सले जर्मनी र ब्राजिल विरुद्धका आसन्न दुई खेल गुमाउने भएका छन् ।

इंग्लिश फुटबल क्लव टोटनह्याम हट्सपरबाट व्यावसायिक खेल खेल्दै आएका स्ट्राईकर केन र मिडफिल्डर विङ्क्सले चोटका कारण आसन्न खेल गुमाउने भएका हुन् ।

टोटनह्यामकै मिडफिल्डर डेले अली पनि यो खेलका लागि उपलब्ध छैनन् । उनीहरुको ठाउँमा एभर्टनका डिफेन्डर माईकल किन र वेष्ट ब्रोमका मिडफिल्डर जेक लिभरमोरलाई टोलीमा बोलाईएको छ ।

इंग्ल्याण्डले यही शुक्रबार वेम्बले रंगशालामा जर्मनीसँग तथा आगामी मंगलबार ब्राजिलसँग दुईवटा मैत्रिपूर्ण खेल खेल्दैछ । विश्वकप फुटबलमा छनौट भईसकेको इंग्ल्याण्डले तयारीका लागि कठिन टोलीहरुसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्