Logo

सामुदायिक स्वास्थ्य भवन निर्माण



बेनी, म्याग्दी, २४ कार्तिक । बेनी नगरपालिका–९ गलेश्वरमा निर्मित सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ ९मोना० जापान, न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था र गलेश्वर शिवालय क्षेत्र विकास कोषको लगानीमा निर्मित भवनको बिहीबार एक कार्यक्रमबीच मोना अन्तर्राष्ट्रियका अध्यक्ष चक्रबहादुर थापा, धौलागिरि सहकारीका अध्यक्ष लीलाबहादुर बानियाँ र मोना जापानका अध्यक्ष महेन्द्र बानियाँले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

विसं २०७१ मा गलेश्वर वृद्धाश्रममा बसोबास गर्ने बिरामी, गलेश्वर बजारलगायत आसपासका क्षेत्रका बासिन्दालाई लक्षित गरी स्थापना गरिएको स्वास्थ्य इकाई भवन अभावमा अस्थायी संरचनाबाट सेवा दिँदा असहज भएपछि जापानमा रहेका म्याग्देलीले रु १३ लाख ६५ हजार, धौलागिरि सहकारीले रु दुई लाख र गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट रु दुई लाख गरी रु १७ लाख ६५ हजारको तीनकोठे भवन निर्माण गरिएको हो ।

मोना जापानका अध्यक्ष महेन्द्र बानियाँले जापानमा च्यारेटी कार्यक्रममार्फत वृद्धवृद्धालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने गरी आर्थिक सहयोग संकलन गरिएको जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्