Logo

राष्ट्रिय नृत्य प्रतियोगिता गरिने



जनकपुरधाम, २४ कार्तिक । त्यसैगरी नयाँ प्रतिभाको पहिचान, प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्यले मिथिला फिल्म प्रोडक्सनले आगामी मंसिर महिनादेखि ‘डान्स नेपाल डान्स’ नामक राष्ट्रिय नृत्य प्रतियोगिता गर्ने भएको छ ।

नेपाली ,मैथिली र भोजपुरी गीतमा आधारित सो प्रतियोगिताका लागि नेपालको ७५ वटै जिल्लाबाट कलाकार छनोट गरिने जनाइएको छ ।
उक्त संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम सञ्चालक मनोज मैथिलले नृत्य प्रतियोगितामा १४  देखि २५ वर्षका एकल वा जोडीले भाग लिन पाउने जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई  एक लाख, द्वितीयलाई  ४१ हजार र तृतीयलाई २१ हजार पुरस्कार दिइने छ । धनुषा जिल्लाको जनकपुरधामबाट छनोट प्रक्रिया शुरू भई क्रमशः अन्य जिल्लामा पनि छनोट गरिने बताइएको छ ।

नृत्यको अन्तिम प्रतियोगिता जनकपुरधाममा हुने र सोको नेपाल टेलिभिजन र स्थानीय अप्पन टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने मैथिलले बताउनुभयो । कलाकार पूजा पासवानले सो प्रतियोगितामा तेस्रो लिंगीले पनि भाग लिनसक्ने प्रावधान रहेको जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्