Logo

विश्वकप फुटबलमा इटाली छनोट नहुने सम्भावना



काठमाडौं, २५ कात्तिक  । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा इटाली छनोट नहुने सम्भावना बढेको छ ।

विश्वकप छनोटका लागि भएको प्ले–अफको पहिलो लेगमा गएराति स्वीडेनसँग १–० ले पराजित भएपछि इटालीको विश्वकपमा छनोट नहुने सम्भावना बढेको हो ।

घरेलु मैदानमा भएको खेलमा स्वीडेनले पहिलो हाफमा इटालीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर दोस्रो हाफमा भ्रमण टोली इटालीले गोल खायो ।

६१ औं मिनेटमा याकोव याहानसनले गरेको गोल नै स्वीडेनको जितमा निर्णायक बन्यो । पहिलो लेगमा जित निकालेको स्वीडेनको छनोट हुने सम्भावना बलियो भएको छ ।

दोस्रो लेग आगामी सोमबार इटालीमा हुनेछ । इटालीका लागि विश्वकपमा स्थान बनाउका लागि दोस्रो लेगमा जित अनिवार्य छ । स्वीडेन भने बराबरी गर्न सकेमा मात्रै पनि विश्वकपका लागि छनौट हुनेछ ।



प्रतिक्रिया दिनुहोस्