Logo

स्वदेश तथा विदेशीको सहयोगले गाँउमा ल्याइयो एम्वुलेन्स



कौरव खत्री :गुल्मी २६ कात्तिक । गुल्मीमा स्वदेश तथा विदेशमा संकलन गरिएको सहयोग रकमले ग्रामिण इलाकामा सञ्चालन हुने गरि एम्वुलेन्स ल्याइएको छ ।।

निस्ति बडिगाढ सामुदायिक विकास केन्द्र एनविसिडिसी गुल्मीले मुसिकोट, पौदीअमराई ,नेटा दलिङ्ग र बाग्लुङ्गको ग्वालिचौर लगाय गरि यस आसपासका क्षेत्रका गरिव तथा विभिन्न भौगोलिक बनावट लगायतका समस्याहरुका कारण भरपर्दो एम्वुलेन्स नपाएकै कारण जीवन गुमाउनु पर्ने परिस्थितिलाई मध्यनजर गदै संस्थाले एक बर्ष अगाडीदेखि एम्वुलेन्स सहयोग अभियान सञ्चालन गरि स्वदेश तथा विदेशबाट झण्डै ३ सय व्यक्ति तथा संस्थाबाट वोल र नगद गरि भण्डै १८ लाख आर्थिक संकलन गरेर करिव १३ लाखको लागतमा एम्वुलेन्स ल्याइएको निस्ति बडिगाढ सामुदायिक विकास केन्द्रका संस्थाका अध्यक्ष मोहन घिमिरेले जानारी दिनुभयो ।

संस्थाले बाकी रहेको बचत आर्थिक रकमलाई एम्वुलेन्स सेवाको एउटा कोष बनाई भावी दिनमा व्यवस्थित रुपले एम्वुलेन्स सञ्चालन गर्ने केन्द्रका संस्थाका अध्यक्ष मोहन घिमिरेले जानारी दिनुभयो ।

शनिबार एम्वुलेन्सको भव्य रुपमा उद्घाटन गरिएको थियो । एम्वुलेन्सको साइरन बजाएर उद्घाटन गदै प्रमुख अतिथि शनिबार नेपााल नेत्रज्योती संघका केन्द्रिय यशयसस्कार सदस्य कृष्णहरी सापकोटाले एम्वुलेन्स सेवाको साइरन बताएर उद्घाटन गरेका थिए ।

साथै अध्यक्ष घिमिरेले भन्नुभयो, यसक्षेत्रका विरामी घाइते,सुत्केरी महिलाहरु लगायतका स्वास्थ्यका यावत समस्याहरुलाई तत्काल ठूला अस्पतालमा पुरु्याउन एम्वुलेन्स अतिआवश्यक भएको हुदा यो समस्यालाई बुझेर सहयोग गर्ने सम्पूर्ण सहयोगदाताको सहयोगमा गाँउमा एम्वुलेन्स आएपछि स्वास्थ्य समस्या भएका विरामीहरुलाई उपचारमा सहज हुने समेत बताए ।

उक्क्त उद्घाटन कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रतिनिधि,जनप्रतिनिधि,संघसस्थाका प्रतिनिधि सञ्चारकर्मी लगायत सबैलाई उपस्थितिको रहेको थियो ।

छोटो समयमै गाँउमा एम्वुलेन्स आएपछि स्थानीयबासीहरु निकै खुसी भएका थिए । तश्वीर ःकौरव खत्री



प्रतिक्रिया दिनुहोस्