Logo

चिकित्सा शिक्षा अध्यादेश लागू गर्न माग



काठमाडौँ, २७ कात्तिक । प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश आगामी संसदबाट पारित हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण भएपछि आइतबार पत्रकार सम्मलेनको आयोजन गर्दै उनले अध्यादेशलाई कडाइका साथ लागू गर्नुपर्ने बताए ।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश लागू भएमा मेडिकल शिक्षा सर्वसाधारणसम्म पुग्ने उल्लेख गर्दै डा.केसीले अध्यादेश प्रमाणीकरण हुनु ठूलो उपलब्धि भएको बताए ।

डा.केसीले विवादित काठमाडौँ नेसनल मेडिकल कलेजको फाइल मिलाउँदै गर्दा भेटिएका नेपाल मेडिकल काउन्सिल सदस्य अङ्कुर साहलाई कारबाही गर्न माग गरे । उनले नियामक निकायमा रहेर नियमन गर्नुपर्नेमा उल्टै कलेज गएर सहयोग गर्नु गलत रहेकाले कारबाही गर्नुपर्ने बताए । (आजको गोरखापत्र दैनिकबाट)

 



प्रतिक्रिया दिनुहोस्

Screenshot