Logo

प्रहरी चौकीमा आक्रमण, २२ प्रहरीे र ४५ आतङ्ककारी मारिए



ग्राडेज, अफगानिस्तान २७ कात्तिक : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा गएराति रातभर भएको आक्रमणमा परी कम्तीमा २२ प्रहरीको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरी प्रवक्ताले मङ्गलबार सो जानकारी दिएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कान्दाहार प्रान्तको मेवान्द जिल्लामा तालिवान आतङ्ककारीले गरेको आक्रमणमा परी २२ प्रहरी अधिकारीको मृत्यु भएको छ ।

त्यस हमलापछि प्रहरीले गरेको प्रतिरक्षा आक्रमणमा ४५ आतङ्ककारी मारिएका छन् । त्यसैगरी सो आक्रमणमा परी अन्य १५ प्रहरी र ३५ आतङ्ककारी घाइते भएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।(रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्