Logo

अत्याधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु



बाबियाचौर, म्याग्दी, २८ कात्तिक  : अत्यधिक रक्तस्रावका कारण यहाँ एक सुत्केरीको आइतबार मृत्यु भएको छ ।

धौलागिरि गाउँपालिका– ४ खिवाङकी २३ वर्षीया शर्मिला रसाइलीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो । बिहान घरमै सुत्केरी भएकी रसाइलीलाई साल अड्किएपछि ताकम स्वास्थ्यचौकीमा पु¥याइएको थियो ।

ताकम स्वास्थ्यचौकीमा साल झिकिए पनि उनको शरीरमा रगतको कमी भएपछि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियोे । दरवाङ ल्याउँदै गर्दा आइतबार साँझ उनको बाटामै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रोशन न्यौपानेले बताउनुभयो ।

शिशुको अवस्था भने सामान्य छ । खिवाङ गाउँ म्याग्दीको विकट बस्तीमध्येमा पर्छ । दुर्गम ग्रामीण क्षेत्रका महिला अझै पनि घरमै जोखिमपूर्ण तरिकाले सुत्केरी हुने गरेका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्