Logo

नेपाल एसिसि अन्डर नाइन्टिनको सेमिफाइनालमा, साविक विजेता भारत र मलेसिया बाहिरियो



काठमाण्डौ, २८ कात्तिक । एसीसी अन्डर १९ एसिया कप अन्तर्गत समूह ‘ए’ को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ ।

बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । यसअघि समूहको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । बंगलादेश समूह विजेताको रुपमा दोस्रो चरण पुगेको हो ।

नेपाल इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको हो । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा नेपालले समूह चरण पार गर्न सकेको थिएन । नेपालले आइतबर भारतलाई १९ रनले पराजित गरेको थियो । प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन भारत यस हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।

बंगलादेशले तीन पटक उपाधि जितिसकेको भारतलाई हराएपछि आजै मलेसियाविरुद्ध ८ विकेटको शानदार जित हात पारेको नेपाल एसिसी यु १९ कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।

बंगलादेशले भारतलाई पनि आठ विकेटले नै पराजित गरेको हो।

बंगलादेश अंक तालिकामा शीर्ष स्थानमा रहँदा सेमिफाइनलमा प्रवेश गरेको हो भने नेपालले दुई खेल जिती ४ अङ्क पाएर समूह एकको दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो। नेपाल पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।

भारत र मलेसिया समूह चरणबाटै बाहिरिए।



प्रतिक्रिया दिनुहोस्