Logo

दक्षिणपूर्वी एसियाली सम्मेलनमा क्षेत्रीय जटिल चुनौतीबारे छलफल हुने



मनिला, फिलिपिन्स, २९ कात्तिक (रासस/सिन्ह्वा) : दक्षिणपूर्वी एसियाली क्षेत्रका विभिन्न दश मुलुकहरूको संगठन (आसियान) को फिलिपिन्समा जारी सम्मेलनमा मङ्गलबार सदस्य राष्ट्रका नेताहरूले यस क्षेत्रमा देखिएका जटिल समस्याका बिषय तथा यस क्षेत्रको विकासका लागि तय गरिनुपर्ने बाटोका बिषयमा छलफल शुरु गरेका छन् ।

बाह्रौँ सम्मेलनको अध्यक्षता गर्नुभएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले उद्घाटन मन्तव्य दिँदै यस क्षेत्रमा चुनौतीको रूपमा देखिएको सुरक्षा अवस्थालाई सम्बोधन गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

उद्घाटन मन्तव्यमा डुटेर्तेले भन्नुभयो, “हाम्रो क्षेत्रले सम्भवतः केही दशक पहिले कल्पनाबाहिर रहेका जटिल चुनौतीलाई सामना गरिरहेको छ । प्रविधिजन्य विकास तथा धेरै खुला आर्थिक क्षेत्रका रूपमा रहेका एसियाली मुलुकहरू थप परस्पर निर्भर बनेका छन् ।”

“एउटा क्षेत्रमा रहेको आप्रवासनको प्रभाव, वातावरणीय विनास, सशस्त्र द्वन्द्वले विश्वलाई प्रभावित तुल्याउने बताउँदै यि साझा समस्यालाई सबैको सामुहिक पहलले मात्रै समाधान दिन सकिने हुन्छ ।”

“हामीलाई थाहानै छ कि आतङ्कवादको कुनै सीमाना हुँदैन । अस्थिरताको फाइदा लिँदै हिंसात्मक गतिविधिमा बढोत्तरी पाएका छन् ।”

यसैबीच एसियाली नेताहरूले सम्मेलनमा छलफलका लागि उर्जा, शिक्षा, वित्त, विश्व स्वास्थ्य, दिगो विकास र वातावरणका बिषय प्राथमिकताकासाथ उक्त अवस।मा जारी एक वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा भनिएको छ, “सम्मेलनले यस क्षेत्रको व्यापारीक गतिविधिलाई सहज बनाउन, लगानी आकर्षण गर्न, आधारभूत संरचनाको निर्माणलाई विशेष महत्वकासाथ उठाउनेछ ।”

सहभागीले सम्मेलनमा क्षेत्रीय सुरक्षा, आतङ्कवाद विरुद्धको अभियान, लगानी, रोजगारका बिषयमा छलफल हुने बताएका छन् ।

ब्रुनई, कम्बोढिया, लाओस, इन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड, र भियतनाम सदस्य आयोजक रहेको यस आसियान सम्मेलनमा चीन, जापान, दक्षिण कोरिया, भारत, अष्ट्रेलिया र न्यूजील्याण्ड, अमेरिका तथा रसियाली मुलुकका सम्वाद साझेदारलाई निम्ताइएको छ ।
–––



प्रतिक्रिया दिनुहोस्