Logo

एसीसी यू–१९ युथ एसिया कपमा नेपालद्धारा अफगानिस्तानलाई सामान्य चुनौति



१ मंसिर, काठमाण्डौ । मलेसियामा भइरहेको एसीसी यू–१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ ।

मुजिव उर रहेमानले ६ विकेट लिएपछि किनरारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८ ओभरमा १०३ रनमै अलआउट भयो। नेपालका लागि अनिलकुमार शाहले अर्धशतक प्रहार गरे पनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

दोस्रो ओभरमा ओपनर आसिफ शेख (०) र चौथो ओभरमा अर्का ओपनर जितेन्द्र सिंहलाई (१) गुमाएको नेपालले त्यसपछि सम्हालिन सकेन। नेपालका लागि अनिलले सर्वा्धिक ५० रन बनाए। बाँकी कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । अनिलले तेस्रो विकेटका लागि कप्तान दीपेन्द्रसँग २३ तथा पाँचौ विकेटका लागि भीम सार्कीसँग ३० रनको साझेदारी गरे ।

नेपालका दीपेन्द्र ६, रोहित ४, भिम ६, पवन ८ तथा सन्दीप ७ रनमा आउट भए। आसिफसँगै कमल सिंह ऐरी र किशोर महतोले खाता समेत खोल्न सकेनन् । शहाब आलम ७ रनमा नटआउट रहे ।

नेपाललाई सयभन्दा कम स्कोरमा रोक्न अफगानिस्तानले धारिलो बलिङ गर्दै ६ विकेट लिए। १० ओभर बलिङ गरेका मुजिवले २ मेडन राख्दै २८ रन खर्चेर नेपालको ६ विकेट लिएका हुन् । यस्तै क्वाइस अहमद कमावालले २ विकेट लिए ।
नेपाल समूह ‘ए’को उपविजेता र अफगानिस्तान समूह ‘बी’को बिजेताको रुपमा सेमिफाइनलमा खेलिरहेका छन् । आजको विजेताले फाइनलमा पाकिस्तानसँग खेल्ने छ । बिहीबार भएको सेमिफाइनलमा बंगलादेशलाई हराएर पाकिस्तान फाइनलमा प्रवेश गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्