Logo

इङ्लिस प्रिमियर लिगमा आज आठ खेल हुने



काठमाडौं, २ मंसिर। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आजबाट १२ औं चरणका खेल शुरु हुँदै छन् ।

प्रतियोगिताअन्तर्गत आज ८ वटा खेल हुँदै छन् । नेपाली समयअनुसार आज साँझ सवा ६ बजे आर्सनल र टोटनह्याम भिड्दै छन् ।

त्यसैगरी राति पौने ९ बजे ६ वटा खेल हुँदै छन् । वर्नमाउथ र हडल्सफिल्ड, बर्नले र स्वान्सी सिटी, क्रिस्टल प्यालेस र एभर्टन भिड्दा लेस्टर सिटी र म्यानचेस्टर सिटीसमेत प्रतिस्पर्धा गर्दै छन् ।

त्यसैगरी लिभरपुल र साउथ ह्याम्पटन तथा वेस्टब्रोम र चेल्सीसमेत राति पौने ९ बजे नै भिड्दै छन् । त्यसैगरी आजै राति सवा ११ बजे म्यानचेस्टर युनाइटेड र क्यूक्यासल युनाइटेड पनि प्रतिस्पर्धा गर्र्दै छन् ।

इङ्लिस प्रिमियर लिगका ११ औं चरणका खेलसम्म ३१ अंक जोडेको म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा छ । त्यसैगरी २३÷२३ अंक प्राप्त गरेका म्यानचेस्टर युनाइटेड र टोटनह्याम क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा २२ अंक जोडेको चेल्सी चौथो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्