Logo

लेबनानका पूर्वप्रधानमन्त्री हरिरि फ्रान्समा



पेरिस, फ्रान्स, २ मङ्सिर (रासस/एएफ्पी) : साउदी अरबको भ्रमणमा रहेकै बेला अकस्मात प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका लेबनानी नेता साद हरिरि फ्रान्स आईपुग्नु भएको छ ।
उहाँ शनिबार फ्रान्स आईपुग्नु भएको र राष्ट्रपति इम्यानुएल मार्कोनलाई राष्ट्रपति कार्यालय एलइजे दरबारमा भेट्वार्ता गर्ने कार्यक्रम रहेको छ ।

सुरक्षाको कारण देखाउदै राजीनामा दिनुभएका नेता हरिरिलाई फ्रान्स सरकाले आफ्नो देशमा आमन्त्रण गरेको थियो ।

कूटनीतिज्ञहरुले फ्रान्सबाट क्षेत्रीय संकट समाधानका लागि सजिलो हुने विश्वास व्यक्त गरेका छन् ।

फ्रान्सको राष्ट्रपतिको कार्यालयले हरिरि र उहाँको परिवारलाई केही दिनका लागि फ्रान्स बोलाएको बुधबार जानकारी दिएको थियो । तर कहिलेसम्म उहाँहरु यहाँ बस्नुहुन्छ भन्ने यकिन तिथिमिति भने दिइएको छैन् ।

फ्रान्स आउनु अगाडी साउदी अरेबियाको भ्रमणमा रहनु भएका हरिरिलाई साउदी अरेबियाका विदेश मन्त्री अडेल अल जुबिरले साउदी अरबको राजधानी रियाद छोड्न स्विकृति दिनु भएको बताइएको छ ।

हरिरिले फ्रान्सको निमन्त्रणालाई स्विकार गर्नु भयो र समस्या समाधानका लागी पहल थाल्ने बताउनु भएको छ ।



प्रतिक्रिया दिनुहोस्