Logo

चीनमा भएको आगलागीमा परी १९को मृत्यु



बेइजिङ, ३ मङ्सिर (रासस/सिन्ह्वा) : चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् ।
उक्त जिल्लाको छिङजिन गाँउमा रहेको सो घरमा शनिबार राति ९ बजेतिर आगलागी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

आगलागीमा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरी अस्पताल पु¥याइएको छ । आगलागी नियन्त्रण गर्न दमकल र आग्नि नियन्त्रकहरु तत्कालै घटनास्थलमा पठाइएको थियो ।

स्थानीय अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएका छन् । सो आवासीय घरमा भएको यस आगलागीको घटनाको बारेमा अनुसन्धान सुरु गरिएको र यसमा संलग्नताको आशङ्कामा केहीलाई नियन्त्रणमा लिइएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्