Logo

असोज २८ मा लिइएको आइओएमको प्रवेश परीक्षा रद्द 



काठमाडौँ, ४ मंसिर । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका १२ जना न्यस्नतम धरौटीमा छुटेका छन् ।

दुई भारतीय भने जेल चलान भएका छन् । आइतबार काठमाडौँ जिल्ला अदालतले दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने अन्य १२ जनालाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले बताए ।

भारतीय नागरिकद्वय विशवदेव र सौरभकुमारलाई जेल चलानको आदेश भएको हो । अदालतले गिरोहका नाइके समीर झालाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । अन्य १२ जना प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले धरौटी तिरेर छुटेका छन् ।

प्रहरीले उनीहरुविरुद्ध संगठित अपराध, ठगी र साइबर क्राइम मुद्दा चलाएको थियो । पक्राउ परेकाहरु डा.सुशील मण्डल, अभय मिश्र, शैलेन्द्रकुमार झा, देवेश झा, नवराज निरौला, आशुतोष झा, हिरेन्द्र शर्मा, मुकेश राय छुटेका छन् ।

चिट चोर्ने क्रममा पक्राउ परेका विद्यार्थी राहुल झा, शिखा झा, महेन्द्र ठाकुर पनि धरौटीमा छुटेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्