Logo

ओलीद्वारा यू– १९ नेपाली क्रिकेट टिमलाई जनही १० हजार दिने घोषणा



काठमाडौं, ४ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मलेसियामा उत्कृष्ट प्रदर्शन गरेको यू– १९ नेपाली क्रिकेट टोलीलाई जनही १० हजार रुपैया“ दिने घोषणा गर्नुभएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले सोमबार काठमाडौंमा आयोजना गरेको ‘यू– १९ नेपाली क्रिकेट टिम सम्मान कार्यक्रम’मा अध्यक्ष ओलीले जनही १० हजार रुपैया“ दिने घोषणा गर्नुभएको हो । ‘सीमित स्रोत र साधनका बाबजुत नेपाली क्रिकेट टिमले गरेको प्रदर्शन सम्मान गर्न लायक छ,’ उहा“ले भन्नुभयो, ‘म व्यक्तिगतरुपमा सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापक टिमलाई जनही १० हजार रुपैया“ दिने घोषणा गर्दछु ।’

ओलीले चुनावपछि बन्ने सरकारले खेल र खेलाडीको प्रबद्र्धनका लागि ठोस योजना ल्याउने बताउनुभयो । ‘खेलमा सहभागी भएपछि नेपालको जित्ने बानी परेको छ,’ उहा“को भनाइ थियो, ‘त्यस्तो बानी सधैं रहिरहोस् ।’

ओलीले खेलाडी छनोटमा विचार पु¥याउन सके उत्कृष्ट नतिजा आउनेमा दुईमत नरहेको बताउ“दै त्यसतर्फ निष्पक्ष भएर काम गर्न राष्ट्रिय खेलकुद परिषद्को ध्यानाकर्षण गराउनुभयो ।



प्रतिक्रिया दिनुहोस्