Logo

विश्वकप टी-२० महिला छनोटमा, आज आज नेपाल र हङकङ भिड्दै



काठमाडौं, ५ मंसिर । ट्वेन्टी–ट्वेन्टी महिला विश्वकप क्रिकेट छनोटको दोस्रो खेलमा आज नेपाल र हङकङ भिड्दैछन् ।

पहिलो खेलमा आयोजक थाईल्याण्डसँग अंक बाँड्न बाध्य नेपाली महिला आज जितको खोजीमा हुनेछन् ।थाइल्याण्डको बैंककमा जारी प्रतियोगिताको पहिलो खेल सोमबार वर्षाले रद्द भएपछि नेपालले आयोजक टोलीसँग अंक बाँडेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनायो । थाई इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सरिता मगरले ११ रन खर्चेर २ तथा रुबिना क्षेत्री र करुणा भण्डारीले १/१ विकेट लिए ।

दुई खेलाडी रन आउट भए । जवाफमा नेपालले ३ ओभर ४ बल खेल्दा कुनै विकेटको क्षति बिना १० रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रद्द भएको हो ।

सोमबार भएका अन्य खेलमा हङकङ र युएई विजयी भएका छन् । हङकङले मलेसियालाई ३५ रनले हराउँदा युएईले चीनलाई १६ रनले पराजित गर्‍यो । एसियाको पूर्वी क्षेत्रबाट ६ टोलीले राउड रबिन लिगका आधारमा विश्वकप छनोट खेलिरहेका हुन् ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्