Logo

जापानी राजदूत ओगावाद्वारा नेपाल मेडिसिटी अस्पताल अवलोकन



काठमाडौं, ६ मंसिर । ललितपुरको भैंसेपाटीमा स्थापना भएको मुलुककै सुविधासम्पन्न मेडिसिटी अस्पतालको जापानी राजदूतले अवलोकन गरेका छन्। बुधबार विहानी जापानी राजदूत मासासी ओगावा अस्पताल अबलोकनकालागि भैंसेपाटी पुगेका थिए।

गैर आवाशीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोद्वारा स्थापित अस्पताल मुलुककै सुविधासम्पन्न भएको दाबी गरिएको छ। कुल ७ सय ५० शैयाको अस्पताल भएपनि आल ३ सय ५० शैया मात्र संचालनमा आएको छ।

सो अवसरमा जापानी राजदूतले नेपालभित्रै सुविधा सम्पन्न अस्पताल बन्नुले नेपालीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने जनाए। जापानी राजदूतलाई डा. महतो दम्पतीले स्वागत गरेका थिए। उक्त अवसरमा महतो पत्नी डा. समता प्रसादले राजदुत ओगावालाई अस्पतालको सेवाबारे प्रकाश पारेकी थिईन् ।

अस्पतालमा विशेषतः न्यूरो साइन्सेज, कार्डियाक साइन्सेज, ग्यास्ट्रो साइन्सेज, रिनल साइन्सेज, अर्थो एण्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजीलाई सेन्टर अफ एक्सलेन्सको रुपमा अघि बढाउने बताइएको छ । नेपाल मेडिसिटीले कलेजो, मिर्गौला, बोनम्यारो प्रत्यारोपण लगायत भविष्यमा मुटु प्रत्यारोपणसम्मको उद्देश्य राखेको महतोले राजदूतलाइ जानकारी गराएका थिए।

अस्पतालमा एउटा हाइब्रिड अप्रेशन थियटरका साथै १६ वटा मोडुलर अप्रेशन थियटर रहेको छ। त्यस्तै ३ टेस्ला एमआरआई, २५६ स्लाइसको सिटिस्क्यानका साथै ५२ वटा ओपिडी कक्ष रहने अस्पतालले जनाएको छ। अस्पतालले अभिभावक प्रतिको जिम्मेवारी भन्दै अभिभावकको नियमित स्वास्थ्यजाँच घरमै गएर वा अस्पतालमा दिनेगरी विभिन्न प्याकेजपनि सुरु गर्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्