Logo

प्रधानमन्त्री देउवाले निधिलाई भेटेर स्वास्थ्य लाभको कामना गरे



काठमाडौं, मंसीर ६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीको ओम अस्पतालमा उपचार गराइरहनु भएका नेपाली कांग्रेस नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिनु भएको छ ।

बुधबार बिहान अस्पताल पुग्नु भएका प्रधानमन्त्री देउवाले नेता निधिको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । आज बिहान नै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पनि नेता निधिलाई भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिनु भएको थियो ।

कांग्रेस नेता निधिलाई पेटरोग विशेषज्ञ डा. राहुल पाठक र छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले हेरिरहेको छ । चिकित्सकहरुले उहाँलाई केही दिन आराम गर्नुपर्ने बताएका छन् ।

धनुषा ३ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवार कांग्रेस नेता निधि कात्तिक १६ गतेको मनोनयन दर्तापछि चुनावी अभियानको क्रममा गृहजिल्ला धनुषामा बस्दै आउनु भएको थियो । त्यसक्रममा धुलोधुवाँका कारण केही असहज भएपछि उहाँ गत सोमबार राजधानी आउनु भएको हो ।



प्रतिक्रिया दिनुहोस्