Logo

दाङलाई नमूना जिल्ला बनाउने :अध्यक्ष ओली



तुलसीपुर, दाङ, ७ मंसिर  : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले छ–छ महिनामा सरकार फेरिने प्रवृतिको अन्त्य गर्नका लागि गठबन्धन कायम गरिएको स्पष्ट पार्नुभयो ।

निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने उहाँको भनाइ छ । उहाँले निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरी देशको विकास र जनताको अधिकार ग्यारेन्टी गर्नेसमेत जिकिर गर्नुभयो ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा अध्यक्ष ओलीले पार्टी एकताको आधारहरु तयार भइसकेको र अब घोषणा हुनमात्र बाँकी रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले हिंसाको बाटो समातेको नेकपा माओवादी (विप्लव)लाई प्रश्रय दिनेगरी नेपाली काँग्रेस लागिपरेको आरोप लगाउनुभयो ।

उहाँले दाङ जिल्लालाई नमूना जिल्ला बनाउने जिम्मा वाम गठबन्धनले लिने भन्दै त्यसका लागि नआत्तिन काँग्रेसलाई आग्रह गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्