Logo

पेट्रोलियम खानी उत्खननबाट नेपाल धनी हुन्छ : ओली



दैलेख, ७ मंसिर राससस् नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको खानी उत्खनन् गरेर नेपाल धनी बन्न सक्ने बताउनुभएको छ ।

नेपाल पानीमा मात्रै धनी नभएको उल्लेख गर्दै उहाँले आफू प्रधानमन्त्री भएको बेला तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेयसहित चिनियाँ टोली दैलेख पठाई अध्ययन तथा अवलोकन गरेपश्चात पेट्रोलियम पदार्थको प्रचुर सम्भावना रहेको पाइएको जनाउनुभयो ।

यहाँ आयोजित चुनावी सभामा उहाँले वाम गठबन्धनको सरकार बनेपछि पहिलो काम पेट्रोलियम पदार्थको उत्खनन् हुने बताउनुभयो । अध्यक्ष ओलीले चुनावलगत्तै एमाले–माओवादी केन्द्रबीच पार्टी एकता गरिने दोहो¥याउँदै उहाँले सार्वभौमसत्ता र नागरिक हकको प्रयोग तथा राज्यबाट नागरिकले पाउने सुविधालाई आशन्न निर्वाचनले नयाँ ढाँचामा परिवर्तन गरी राष्ट्रिय स्वाभिमानको बाटोमा अगाडि बढाउनेछ भन्नुभयो ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले असमानता, विदेशी राष्ट्रको हस्तक्षेप हटाउँदै मुलुकलाई समृद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । “गरिबी हटाउन वाम गठबन्धन आवश्यक छ, नेपालमै युवालाई काम गर्ने वातावरण सिर्जना गरेर विदेश गएका युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने बेला आएको छ ।”



प्रतिक्रिया दिनुहोस्