Logo

प्रचण्ड भोलिदेखि चुनावी अभियानमा सहभागी हुने



काठमाडौँ, ७ मंसिर :: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबारदेखि चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ ।

छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधनपछि चुनावी अभियान स्थगन गर्नुभएका अध्यक्ष दाहाल शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुने उहाँका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिनुभयो ।

तिमिल्सेनाले भन्नुभयो, “उहाँको निर्वाचन क्षेत्रमा चुनावी अभियान धेरै बाँकी रहेकाले भोलिदेखि घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा सहभागी हुनुहुन्छ ।”

अध्यक्ष दाहाल चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ । तिमिल्सेनाले शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने बताउनुभयो ।

चुनावी अभियानका क्रममा अध्यक्ष दाहालकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन जानुहुने बताइएको छ ।
–––



प्रतिक्रिया दिनुहोस्