Logo

नुवाकोटमा विनोद चौधरीसँग सेल्फी खिच्नेहरुको भीड, चौधरीद्धारा कांग्रेसलाई बहुमत दिलाउन आह्वान



काठमाडौं, ७ मंसिर । नेपालका एकमात्रै खर्बपति विनोद चौधरी कांग्रेसमा प्रवेश गरेसँगै उनको सक्रियता ह्वात्तै बढेको छ । उनको दैनिकी अहिले व्यापार व्यवसाय भन्दापनि कसरी कांग्रेसलाई पहिलो पार्टी बनाउने भन्नेमा बढि केन्द्रित भएको छ।

नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसदका उम्मेद्वार तथा वरिष्ठ उद्यमी चौधरीले नेपालको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसलाई बहुमतको सरकार दिन मतदाताहरुलाई आव्हान गर्दै आएका छन् । पार्टी सभापति एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले चौधरीलाई पार्टीका चुनावी सभालाई सम्बोधन गरिदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर देउवाले चौधरीलाई पार्टीलाई बहुमत दिलाउनको लागि अब तपाईको हातमा जिम्मेवारी आयो भनेपछि उनी दैनिकजसो शीर्ष नेताहरुका विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न देश दौडाहामा निस्किएका छन् । उनले बरिष्ठ नेता रामचन्द्र पौडैल, महामन्त्री डा. शशांक कोइराला, लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार बाबुराम भट्टराई लगायतका नेताहरुको चुनावी सभामा सम्बोधन गरिसकेका छन् ।

चौधरी आज विहिबार नुवाकोटको देवीघाट र खरानीटारमा आयोजित छुट्टाछुट्टै चुनावी सभालाई सम्वोधन गर्न पुगेका थिए । उनले दुवै सभामा बलियो लोकतन्त्रको अभावमा आर्थिक विकास सम्भवन हुने आफ्नो धारणा राखेका थिए । ‘नेपालको आर्थिक विकास हुन नसक्नुमा हामी मतदाता पनि जिम्मेवार छौं,’ चौधरीले भने, ‘तपाईहरू नेपाली कांग्रेसलाई बहुमत दिनुस, हामी तपाईहरुलाई समृद्ध नेपाल दिन्छौैं ।’

चौधरीले आफ्नो मन्तब्य राखिरहँदा उपस्थिति जनसमूदायहरुको तालीको गडगडाहट थियो । उनले आर्थिक विकासका लागि खुलाबजार अर्थतन्त्रमा विश्वास राख्ने राजनीतिक दलको बहुमतको सरकार बन्नु पर्ने बिचार राखेका थिए । ‘राजनीतिक स्थिरता भयो भने नेपाल पनि चीन सरहको आर्थिक विकासको गतिमा अगाडि बढ्न सम्भव छ,’ चौधरीले भने । २०४८ सालमा कांग्रेसको नेतृत्वमा उदारीकरण लागू गरिएकै कारण नेपालमा आर्थिक विकासको नयाँ ढोका खुलेको डा. चौधरीको भनाई थियो ।

यस्तो आर्थिक स्वतन्त्रताको अभियानलाई सफल बनाउन कांग्रेसको नेतृत्वबिना सम्भव नभएको उनको ठम्याइ छ । ‘उदारीकरणको विकल्प कसैले कल्पना गरेको छ भने त्यो भ्रममात्रै हो । आज प्रत्येक नेपालीको हातमा मोवाईल फोन छन् । दुईतिहाई जनसंख्या इन्टरनेटको पहुँचमा छ । संचारमाध्यम, बैंकिङ र एयरलाईन्स लगायतका सेवाहरु कांग्रेसले लिएको उदारीकरणकै सकारात्मक नतिजा हुन्,’ उनले भने ।

विकास अभियानलाई तीब्र गतिमा दौडाउनु आजको आवश्यकता भएकाले आफू कांग्रेसमा लागेको उनले प्रष्ट पारे । कार्यक्रम सकिएर आफ्नो नीजी गाडीमा पुग्नै चौधरीलाई हम्मेहम्मे परेको थियो । भीड छिचोल्दै उनी गाडी भएको ठाउँसम्म त पुगे तर उनीसँग सेल्फी खिच्ने युवायुवतीहरुले उनलाई भनेको समयमा निस्किनै दिएनन् । यस्ता लाग्दथ्यो त्यहाँ कुनै फिल्मको सुटिँग हुँदैथियो र फ्यानहरु उनीसँग झुम्मिमएका थिए ।



प्रतिक्रिया दिनुहोस्