Logo

नेपाल फिफा वरीयतामा ६ स्थानमाथि उक्लियो



काठमाडौं, ८ मंसिर । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ ।

नयाँ वरीयताअनुसार नेपालले ६ स्थान सुधार गर्दै १७०औं स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औं स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ ।

यस्तै, माल्दिभ्स एक स्थान तल झरेर १५७औं स्थानमा पुगेको छ । भुटान पाँच स्थान सुधार गर्दै १८५औं स्थानमा उक्लेको छ भने चार स्थान सुधार गरेको बंगलादेश १९२औं स्थानमा छ ।

त्यसैगरी, दुई स्थान गुमाएको श्रीलंका २००औं स्थानमा छ ।विश्व वरीयतामा जर्मनी पहिलो ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो र अर्जेन्टिना चौथो स्थानमा छन् । रासस



प्रतिक्रिया दिनुहोस्