Logo

नर्वेका एक हजार कलाकारद्वारा लैङगिक हिंसाको आरोप अस्वीकार



ओस्लो, ८ मङसिर (रासस/सिन्ह्वा) : नर्वेमा एक हजार कलाकारहरूले आँफू विरुद्ध लागेको यौनिक हिंसाको आरोप अस्वीकार गरेका छन् ।

विश्वमै सवै भन्दा राम्रो लैङ्गिक समानता रहेको देश मानिने नर्वेमा बलात्कार, शारिरिक आक्रमण र उत्पीडनका आरोप उनीहरूले अस्विकार गरेको बिहीबार नेर्वेका संचार माध्यमहरूले लेखेका छन् ।

स्थानीय अफटेनपोस्टेन नामक दैनिक पत्रिकाले लेखे अनुसार २९५ जना महिला कलाकारहरूलाई लैङगिक हिंसाको आरोप लागेको छ । त्यसैगरी ७०६ जना महिला संगीतकारहरू पनि त्यसमा लक्षित भएका छन् ।

‘वर्ड इकोनोमीक फोरम’को सन् २०१७ को रिपोर्ट अनुसार लैङगिक समानता भएका देशहरू मध्ये नर्वे विश्वमै दोस्रो क्रममा पर्दछ ।

राजनीतिक क्षेत्र र व्यवसायिक क्षेत्रमा महिलाहरूको समान सहभागीता र प्रतिनिधित्वको हिसावले हेर्दा नेर्वे दोस्रो स्थानमा परेको हो ।

प्रतिवेदनले लैङगिक समानताका लागि आइसल्याण्डलाई सवै भन्दा अघिल्लो र राम्रो देशको रुपमा देखाएको छ भने फिनल्याण्ड तेस्रो र स्विडेन पाँचौ देशका रुपमा सुचिकृत भएको छ ।



प्रतिक्रिया दिनुहोस्