Logo

‘विचार मिल्ने पार्टीबीच एकता हुन आवश्यक’ : प्रचण्ड



चितवन ९ मंसिर : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रविरोधीहरु अहिले पनि सलबलाइरहेको बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर बजारमा आज वामगठबन्धनले आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले नेपाली काँग्रेसले आफ्नो उम्मेदवार नउठाई गणतन्त्रविरोधीलाई सहयोग गरेको आरोप लगाउनुभयो ।

शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता आफू भएको बताउँदै अध्यक्ष दाहालले संविधान निर्माण तथा कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेलेकाले आफ्नो जित सुनिश्चित रहेको जिकिर गर्नुभयो । “नेपाली जनताको समृद्धिको प्रत्याभूति दिलाउन वाम गठबन्धन गरिएको हो, धेरै साना दलले देशको विकास हुँदैन”, उहाँले भन्नुभयो । उहाँले देशलाई दिगो शान्ति, विकासका लागि अब स्थिर सरकार नै चाहिने भएकाले सबै विचार मिल्ने पार्टीबीच एकता हुन आवश्यक रहेकामा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्