Logo

तीनवटा मतपत्र, मतदान ४ ठाउँमा



काठमाडौं १० मंसिर । यसअघिका दुई संविधानसभा निर्वाचनमा दुइटा मतपत्रको अभ्यास गरिसकेका मतदाताले यस पटक तीनवटा मतपत्र पाउने छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ अलगअलग पानामा मतपत्र छापिएको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ एकै पानामा दुइटै सभाको मतपत्र रहेको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रंगको मसीले चिह्न छापिएका मतपत्र र प्रदेशसभाका लागि कालो मसीले चिह्न छापिएको मतपत्र हुनेछ । समानुपातिकतर्फ हल्का रातो मसीले छापिएको एउटै पानामा माथिल्लो भागमा मतपत्र १ प्रतिनिधिसभातर्फ र तल्लो भागमा मतपत्र २ प्रदेशसभातर्फ भाग लिएका दलहरूको निर्वाचन चिह्न रहने छ ।

तीनवटा मतपत्र पाएका मतदाताले मतदान भने ४ ठाउँमा गर्न पाउने छन् । प्रत्यक्षतर्फ दुवै सभामा १/१ र समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि तलमाथि आफूले चाहेको दललाई मतदान गर्न पाउने छन् ।



प्रतिक्रिया दिनुहोस्