Logo

चुनावमा सन्दर्भमा राष्ट्रपतिको अपिल, स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने विश्वास



काठमाडौं १० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन शान्तिपूर्ण र उल्लाहसमय बनाउन अपिल गर्नु भएको छ । उहाँले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि देश राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् । निर्वाचनका अवसरमा सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले निर्वाचनमा समेत उत्साह र उमंगकासाथ सहभागी भई संविधानप्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई अपिल गर्नु भएको छ । अब प्रदेश र प्रतिनिधिसभा निर्वाचनले देशमा राजनीतिक स्थायीत्व आउने राष्ट्रपतिको विश्वास छ । सन्देशमा लेखिएको छ, ‘प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको तथा उक्त निर्वाचन पछि मुलुक राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने छ भन्ने मलाई विश्वास लागेको छ ।’



प्रतिक्रिया दिनुहोस्