Logo

नामावलीमा नाम भएका तर परिचय पत्र नलिएकाले पनि भोट हाल्न पाउने



१० मंसिर, काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा जस्तै मतदाता नामावलीमा नाम भएर पनि मतदाता परिचय पत्र लिन नभ्याएको वा लिएर पनि हराएको वा नष्ट भएका व्यक्तिको हकमा वैकल्पिक व्यवस्था मिलाएको छ ।
आयोगले त्यस्ता मतदाताको हकमा मताधिकार सुनिश्चित गरिएको जानकारी दिएको छ । आयोगले ०७० सालको संविधानसभामा प्रयोग भएको पुरानो मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राहदानी, सवारी चालक परिचयपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट जारी भएका फोटोसहितको परिचयपत्रलाई मान्यता दिने जनाएको छ ।

मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान गरेमा कानुनबमोजिम सजायको भागी हुनुपर्ने चेतावनी आयोगले दिएको छ ।



प्रतिक्रिया दिनुहोस्