Logo

श्याम–सुनीता चलचित्रकर्मी सम्मान दीपाश्री निरौलालाई



खासगरी मनोरञ्जन क्षेत्रमा कार्य गर्दै आएको ड्रिम वल्र्ड ल्फिम मेकर्स प्रा.लि. ले अब पुरस्कार एवं सम्मानको श्रृंखला शुरु गर्ने भएको छ । पुरस्कार एवं सम्मान साहित्य, कला एवं संस्कृतिक क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई प्रदान गर्न लागीएको पुरस्कारकी सदस्य सचिव एवं नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखियाले बताएकी छिन् ।

ड्रिम वल्र्ड अफ ल्फिम मेकर्सको तर्फबाट स्थापना गरिएको यो पुरस्कार एवं सम्मान मेकर्समै आवद्ध रहेकी एवं मेकर्सले निर्माण गरेको चलचित्र जुवेनाइल र अव निर्माण गर्दै गरेको चलचित्र लखपती माग्नेकी निर्देशक सवनम मुखीयाकी आमा–बाबु सुनीता मुखीया एवं श्याम मुखीयाको नामबाट राखीएको कुरा सदस्य–सचिव सवनम मुखियाले बताइन् ।

ड्रिम वल्र्डबाट स्थापीत पुरस्कार एवं सम्मानहरु नेपाली साहित्य, कला, सञ्चार क्षेत्रमा आवद्ध विभिन्न ब्यक्तिहरुलाई प्रदान गर्न लागिएको छ ।
ड्रिम वल्र्ड अफ ल्फिम मेकर्सले प्रदान गर्न लागेको यस वर्षको ‘श्याम–सुनिता विशिष्ट चलचित्रकर्मी पुरस्कार’ पहिलो पटक बरिष्ठ निर्देशक, लेखक, प्राध्यापक श्री लक्ष्मीनाथ शर्मालाई प्रदान गरिने भएको छ । बदलिंदो आकाश नामक चलचित्रबाट यस क्षेत्रमा प्रवेश गरेका शर्माले प्रसस्त चलचित्रको लेखन÷निर्देशन गरेका छन् । उनले निर्देशन गरेका चलचित्रहरुमा शान्तिदिप, साथी, सारङ्गी, विद्रोही, मिलन, जीत, छोरी–बुहारी, वर पीपल, प्रमुख हुन् । शर्माले राष्ट्रिय सम्मान सहित विभिन्न सम्मान पुरस्कार पाएका छन् । श्याम–सुनिता विशिष्ट चलचित्रकर्मी पुरस्कारको राशी १५,५५५।– रहेको छ भने प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिने छ ।

ड्रिम वल्र्ड अफ ल्फिम मेकर्सले प्रदान गर्न लागेको अर्को ‘श्याम–सुनीता वरिष्ट चलचित्रकर्मी पुरस्कार’ प्रथम पटक वरिष्ट चलचित्र पत्रकार एवं गीतकार तथा साहित्यकार शान्तिप्रियलाई प्रदान गर्न लागेको छ । जनसत्ता साप्ताहिकबाट पत्रकारिता प्रारम्भ गरेका शान्तिप्रिय यतिखेर विगत आठ वर्षदेखी निरन्तर रुपमा प्रकाशित हुँदै आइरकेको फिल्मीखबर साप्ताहिकका सम्पादक हुन् । छापा, रेडियो एवं टेलिभिजनमा अनुभव बटुलीसकेका शान्तिप्रियले हरेक वर्ष विभिन्न चलचित्र तथा संगीतको क्षेत्रमा अवार्डको आयोजना समेत गर्दै आइरहेका छन् । विभिन्न राष्ट्रिय सम्मान, पुरस्कारले पुरस्कृत भइसकेका शान्तिप्रिय चलचित्र पत्रकार संघका संस्थापक महासचिव एवं निवर्तमान अध्यक्ष समेत हुन् । पत्रकार एवं गीतकारका रुपमा चिनीने शान्तिप्रियको अधर नामक गीती एल्वम प्रकाशीत छ । श्याम–सुनिता वरिष्ठ चलचित्रकर्मी पुरस्कारको राशी १५,५५५।– रहेको छ भने प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिने छ ।

ड्रिम वल्र्ड अफ ल्फिम मेकर्सले पहिलो पटक श्याम–सुनीता युवा चलचित्रकर्मी पुरस्कार रंग पत्रकार फूलमान बललाई प्रदान गर्ने भएको छ । कान्तिपुर दैनीकबाट २०६० सालमा पत्रकारीता प्रारम्भ गरेका फूलमानको हालसालै मात्र काजोल खातुन कथा संग्रह प्रकाशीत भएको थियो भने यस अधि नै उनको कविता संग्रह महाभारतकी मैच्याङ प्रकाशित छ । यस अघि सेलफोन नामक सर्ट मुभि गरेका फूलमानले यतिखेर सेल्युलोइड चलचित्र नीरफुल निर्देशन गरेका छन् जुन निर्माणको क्रममा छ ।
कान्तिपुर दैनीकमा बरिष्ठ उप सम्पादक रहेका फूलमान बल साहित्य एवं रंग पत्रकारितामा चिनीन्छन् । ‘म्हेन्दो माया’ नाटक समेत मञ्चीत गराएका बलले विभिन्न पुरस्कार एवं सम्मान पाईसकेका छन् । श्याम–सुनीता युवा चलचित्रकर्मी पुरस्कारको राशी ११,१११।– रहेको छ भने प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिने छ ।

यस्तै ड्रिम वल्र्ड अफ ल्फिम मेकर्सले श्याम–सुनीता चलचित्रकर्मी सम्मान यस पटक दुइ जनालाई प्रदान गर्ने भएको छ । टेलिभीजनबाट आफ्नो अभिनय यात्रा प्रारम्भ गरेकी दीपाश्री निरौला तथा नेपालकै पहिलो प्रतिष्ठीत ल्फिम कलेज ओस्कार इन्टरनेशनल कलेजका प्रिन्सीपल विनोद पौडेललाई प्रदान गरिन लागेको हो । दीपाश्रीले टेलिभिजन हुँदै सेल्यूलोइडको यात्रा गरिन भने उनी यतिखेर सफल चलचित्र निर्माता तथा निर्देशकको रुपमा चिनीन्छीन् ।

उनले निर्माण गरेका छ एक छ, वडा नम्बर ६ तथा निर्देशन समेत गरेकी छक्कापञ्जा, छक्कापञ्जा २ सफल चलचित्र हुन् । यस्तै विनोद पौडेल ओस्कारकै प्रोडक्ट हुन् । उनले विभिन्न सर्ट मुभी गरेका छन् भने उनले लेखेको ‘साँघुरो’ चलचित्र पनी छ । यतिखेर भने विनोद पौडेल ओस्कार इन्टरनेशनल कलेज (कलेज अफ ल्फिम स्टडीज)मा प्रिन्सीपल छन् । श्याम–सुनीता चलचित्रकर्मी सम्मान प्रमाण पत्र सहित प्रदान गरिने छ ।

ड्रिम वल्र्ड अफ ल्फिम मेकर्स प्रा.लि.ले यी पुरस्कार तथा सम्मान यहि मंसीर २७ गते राजधानीमा आयोजीत एक भव्य समारोहका विच प्रदान गर्ने कुरा सदस्य सचिव सवनम मुखीयाले बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्