Logo

प्रचण्डले भनेः तपाई सहयोग गर्नुहोस् म माडीलाई मणि बनाउँछु !



चितवन, मंसिर ११ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको माडीलाई मणि बनाउन सकिने बताएका छन्।

सोमबार बिहान माडी नगरपालिका–५ ढुकुरबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष प्रचण्डले माडीमा विकासका प्रसस्तै सम्भावना भएका कारण यसको तीव्र गतिमा विकास गर्ने बताए।

‘कृर्षिमा आधुनिकिकरण, निकुञ्जको सही सदुपयोग र यहाँको विविधिकरणको राम्रोसँग सदुपयोग गर्न सबैको तर्फबाट सक्दो सहयोग भयो भने माडीलाई चितवनकै मणि बनाउन सकिन्छ’, उनले भने।

अध्यक्ष प्रचण्डले माडीको विकासका लागि आफूले ठूला योजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाए। उनले निकुञ्जमा अकासे पुल र सुरुङमार्ग निर्माण गरेर अगाडि बढ्न सकिने सम्भावना औँल्याए।



प्रतिक्रिया दिनुहोस्