Logo

इङ्लिस प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेडद्वारा वाट्फोर्ड पराजित



काठमाडौं, १३ मंसिर । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् ।

तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई उसैको मैदानमा ४-२ ले हराएको हो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन आस्ले योङले दुई गोल गरे भने एन्टोनियो मार्टीयल र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे । वाट्फोर्डका लागि ट्रोए डिनी र डोकोरेले एक एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीले टोटनह्याम हट्सपरलाई २-१ ले हराएको छ ।

लेष्टर सिटीको मैदानमा घरेलु टोलीलाई विजयी गराउन जेमी भार्डी र रियाल माहारेजले एक–एक गोल गरे । टोटनह्यामका ह्यारी केनले एक गोल फर्काए ।

प्रिमियर लिग फुटबलमा ब्राईटन र क्रिष्टल प्यालेसले गोलरहित बराबरी खेल्दा वेष्ट ब्रोम र न्युकासल युनाईटेडले २/२ गोलको बराबरीमा चित्त बुझाएका छन् ।

प्रिमियर लिगमा आज राति ६ खेल हुनेछन् । शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनसँग खेल्दा चेल्सी र स्वान्सी सिटी, आर्सनल र हडर्सफिल्ड टाउन तथा स्टोक सिटी र लिरभपुल भिड्नेछन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्