प्रकाश खनाल : बुटवल,मंसिर १३ । नव गठित नेपाली कांग्रेस (बिपी) पार्टीका महामन्त्री शुसिलमान शेरचनले बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन् ।
मुलुकमा बैकल्पिक प्रजातान्त्रिक शाक्ति नहुदा नेपाली कांग्रेसका नेताहरुले पार्टीको बिचार र सिद्धान्त भन्दा बाहिर गएर आफुखुसि चलाएको आरोप लगाउदै पुर्वमन्त्रि समेत रहेका सेरचनले कांग्रेसलाई सहि ट्रयाकमा ल्याउन पनि बैकल्पिक प्रजातान्त्रिक शाक्तिको आवस्यकता परेको बताए ।
रिपोटर्स क्लव नेपाल रुपन्देहीद्धारा बुधबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस पार्टीमा दुःख पाएका नेता कार्यकर्ताहरुको मुल्याङ्कन नभएको र बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको बिचार र सिद्धान्तबाट बिचलित भएकोले बिपीको प्रजातान्त्रिक समाजवादको रक्षाका लागि पनि नयाँ पार्टी गठन गर्नुपरेको उल्लेख गरे ।
पार्टीका अर्का माहामन्त्रि पुष्पराज पराजुलीले अहिले भएका दुई गठवन्धन सत्ता स्वार्थ केन्द्रित रहेको बताउदै दुवै गठवन्धन मुलुकको हितमा नरहेको दाबी गरे ।
दुवै गठवन्धनलाई बिदेशी भुमिको उपजको संज्ञा दिदै उनले नारामा जे भनिए पनि गठवन्धन सत्ता केन्द्रित रहेको जनाए ।
चरित्रगत रुपमा दुवै गठवन्धनको चरित्रमा खासै भिन्नता नभएको बताउदै उनले सबै दलहरुले आ आफ्नो पार्टीको नीति तथा सिद्धान्तलाई एकातिर थन्क्याएर गठवन्धन गरेको आरोप लगाए ।
साक्षात्कारमा सो पार्टीका सहायक महामन्त्री तथा प्रवक्ता देवेन्द्रप्रकाश पौडेलले देश रोइरहेको अवस्थामा दलका नेताहरुले गठवन्धनको नाममा दादागिरी गरेको बताउदै नेताहरुले मुलुकको मौलिक धर्म र संस्कृति समेत बेचेर सम्पत्ति आर्जनमा लागेको बिचार व्यक्त गरे ।
ठुला दलहरु भित्र कार्यकर्ताहरुको मुल्याङ्कन नगरी धनवाद र बाहुवल हावि रहेको भन्दै उनले नेपाली कांग्रेस बिपी मुलुकको बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित हुने बिश्वास व्यक्त गरे ।
नेपाली जनताले बैकल्पिक प्रजातन्त्रवादी शक्तिको महसुस गरेको बताउदै प्रवक्ता पौडेलले बंशजको आधारमा पार्टी चलाउने परम्पराको अब अन्य हुने जनाए ।
क्लवका जिल्ला अध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार कृष्ण खनालले गरेका थिए ।




प्रतिक्रिया