Logo

काँग्रेसको चुनावीसभामा बम विस्फोट



इटहरी, १४ मंसिर (रासस) : सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली काँग्रेसले आज अपराह्न आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् ।

काँग्रेस इटहरी–९ ले चुनाव प्रचारप्रसारसँगै मतदातासँग घरदैलो गर्दै भएको बम विस्फोट हुँदा एक वर्षीय युवन न्यौपाने, १७ वर्षीया समृना अधिकारी, उनकी आमा ३७ वर्षीया निर्मला र काँग्रेसका स्थानीय नेता धनबहादुर श्रेष्ठ गम्भीर घाइते भएको स्थानीयवासी गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको छ । उनीहरुको शरीरका विभिन्न भागमा बमको छर्राले गहिरो चोट लागेको प्रचार कार्यमा संलग्न घिमिरेले बताउनुभयो । कार्यक्रम भइरहेको स्थानमा अकस्मात् ठूलो आवाजसहित बम विस्फोट हुँदा कार्यक्रमस्थल उपस्थित मान्छेमा भागदौड भएको थियो ।

बम कसले राखेको हो भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले जानकारी दिँदै घटनास्थलको अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्