दाङ, १४ मंसिर । श्रमराज्यमन्त्री डिल्लीबहादुर चौधरीले देशको विकास, राजनीतिक स्थायित्व र लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिको विजय आवश्यक रहेको बताउनुुभएको छ ।
नेपाली काँग्रेस दाङ क्षेत्र नं ३ क मा प्रदेशसभाका उम्मेदवारसमेत रहनुभएका चौधरीले तुलसीपुर– ३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै काँग्रेसको नेतृत्वमा संविधान बनेकाले संविधानको सफल कार्यान्वयन र देशलाई समृद्धितर्फ लैजानका लागि पििन काँग्रेसको नेतृत्व आवश्यक छ भन्नुभयो ।
श्रमराज्यमन्त्री चौधरीले भन्नुभयो–‘‘अब बेरोजगार युवालाई देशमै स्वरोजगार गराउन, महिलालाई सशक्तीकरण गर्दैै रोजगारी र प्राविधिक शिक्षा दिनेतर्फ लाग्नुपर्छ ।’’




प्रतिक्रिया