१५ मंसिर, काठमाण्डौ । काठमाडौंको त्रिचन्द्र क्याम्पस हाताभित्र फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

बम डिस्पोजल टोलीले जाँचबुझ गर्दा बम नभइ मोटर चार्जिङ डाइनामो भएको पत्ता लागेको छ ।

त्रिचन्द्र क्याम्पसको फुलपाती सेलाउने ठाउँमा फलामको डल्लोमा तार जोडिएको र बाहिर बम लेखिएको शंकास्पद वस्तु फेला परेको थियो ।

बम भएको हल्लाले सो क्षेत्रका बासिन्दा आतंकित भएका थिए ।







त्यसलगत्तै क्याम्पससँगै जोडिएको विश्वज्योती हल अगाडिको सडकमा समेत आवतजावत बन्द गरेर अनुसन्धान गरिएको थियो ।
बम नभएको पुष्टि भएपछि सडक पनि खोलिएको र स्थिति सामान्य भइसकेको प्रहरीले जनाएको छ ।
तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया