Logo

भावनाको आकाशमा-अन्जना



काठमाडौं, १५ मंसिर ।

कल्पनामा कता कता हराएछु साँझमा,
आज सारै डुबेको छु प्रिय तिम्रो यादमा,

भावनाको आकाशमा बिरहको पर्खाल सँगै,
सम्झनाको लहर भित्र आँसुको त्यो छाल सँगै,

बिलाएछु नदी जस्तै त्यो सागरको माझमा,
आज सारै डुबेको छु प्रिय केवल तिम्रो यादमा।

माथि उल्लेखित हरफहरु सर्जक अन्जना केसीका हुन । उनी कथाकार पनि हुन ।



प्रतिक्रिया दिनुहोस्