Logo

लोक दोहोरी गायक भरत परियारले स्टेज रोयल्टि सर्जकलाई प्रदान गर्ने



काठमाडौं, १५ मंसिर । गायक भरत परियारले सर्जकलाई स्टेज रोयल्टि प्रदान गर्ने भएका छन् । रिपोर्टर्सनेपालसँगको कुराकानिमा गायक परियारले भने,‘हाम्रो मुलुकमा गायक गायिकाहरुले स्टेजबाट मनग्य आम्दानी गर्ने तर तिनै गीत संगीतका सर्जकहरुका कलमहरुको मसि सुक्ने स्थिति छ, म यो स्थितिको अन्त्य गर्ने अभियानमा छु।’

गायक परियारले अघि थपे,‘सर्जकहरुले बौद्धिक मेहनतले सिर्जना गरेको गीत गाउँदा पैसा लिएर गाईन्छ र गीत रुचाईएको खण्डमा स्टेजहरुमा त्यहि गीत गाएर भात खाने जोहो गरिन्छ, गायक गायीकार सर्जकहरुका बीचमा व्यक्तिगत नभएर संस्थागत नै सहमति हुनुपर्छ, रोयल्टि समाजले यसको सुरुवात पनि गरेको छ, मैले व्यक्तिगत रुपमा सुरु गरेको छु।’

गायक परियार र टिका पुनको आवाज रहेको लोक तथा दोहोरी गीत ‘आकाशैमा जुन र तारा’ बोलको गीतका लय शब्द रचनाकार तथा पत्रकार धनराज वास्तविकलाई केही समय अघि सल्यानमा भएको महत्सवबाट प्राप्त १० हजार मध्य ५० प्रतिशत प्रदान गरेको जानकारी दिदै आगामी कार्यक्रममा पाएको रकमको आधा रकम रोयल्टि समाज मार्फत स्टेजमा गाएका गीतका सर्जकलाई प्रर्दान गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्