Logo

भारतिय प्रधानमन्त्री मोदी र विश्वसुन्दरी मानुषीबीच भेटवार्ता



भारत, १६ मंसिर । विश्व सुन्दरीको ताज जितेकी भारतीय सुन्दरी मानुषी छिल्लरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेकी छिन् । बुबा, आमा र भाइका साथ मानुषी प्रधानमन्त्री मोदीलाई भेटन गएकी थिइन् ।

परम्परागत पोशाकमा सहभागी २० वर्षीय सुन्दरी मानुषीले प्रधानमन्त्री मोदीलाई भेट्नु अगाडी ट्वीट गर्दै भनेकी थिइन् ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कुराले उत्साहित छु । यो मेरा लागि प्रेरणाको स्रोत हो, जसलाइ मैले आजसम्म भेटेको छैन ।’

मानुषी विश्व सुन्दरीको ताज पहिरिने छैठौ भारतीय सुन्दरी हुन् । उनले १६ वर्षपछि भारतलाई ताज दिलाउन सफल भएकी थिइन् । सन २००० मा प्रियंका चोपडाले ताज हात पारेकी थिइन् ।

सोही भेटघाटको अवसरमा उनलाई सोधिएको थियो तपाइको जितले आम भारतिय युवतिलाई कसरी नयाँ जीवन दिन्छ रु जवाफमा उनले भनिन् ‘कुनै पनि समुदायका मान्छेले जव राम्रो काम गर्छन् युवतिको जीवनस्तर त्यसपछि फेरिन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot