Logo

चलचित्र अन्डर १९ मंसिर २२ मा प्रर्दशन हुने



काठमाडौं, १६ मंसिर । चलचित्र निर्माण भएको लामो समय पछि प्रदर्शनको संघारमा रहेको चलचित्र अन्डर ज्ञढ को प्रोमोले यतिबेला नायिका रजनि केसीको हट सिनको चर्चा चलेको छ ।

डेब्यु मुभिमानै नायक रोजन रखाल संग हट सिन दिएकी थिईन् । रजनि आफ्नो डेब्यु चलचित्र रिलिज डेटको संघारमा आईपुग्दा प्रचार प्रसारमा नआएको भन्दै निर्माण पक्षले दुख व्यक्त गरेको छ ।

निर्माता तितर वितरका कारण रिलिज डेट पछाडी सर्दै मंसिरमा आईपुगेको यो चलचित्रका कलाकार तथा निर्माता केदार ढुंगानाको पनि अभिनयको डेब्यु यहि चलचित्रबाट भएको थियो ।

निर्माणको हिसावमा यो कस्तो परिस्थिती चलचित्रबाट लगानीमा हात हालेका केदारको त्यसपछि लाले भुमीबाट कलाकारको रुपमा पनि चिनीदै आएका छन् । लामो समय अगाडी देखि म्युजिक भिडियोमा लगानी गर्दै आएका उनको अहिले सम्म तिन वटा चलचित्रमा लगानी परिसककेको छ भने कलाकारको रुपमा पनि चिनीदै गएका छन् ।

फायर इन्टरप्राईजेज एण्ड मिडिया प्रा.ली नेपाल बक्स अफिस प्रा।ली। एवंम रोजन फिल्म्स प्रोडक्सनको ब्यानरमा तयार भएको चलचित्र ‘अन्डर नाइन्टिन’को प्रदर्शन मिति तय गरिएको छ।

कलाकार तथा निर्माता केदार ढुंगानाको अभिनय तथा निर्माण रहेको चलचित्र ‘अन्डर नाइन्टिन’ अब भने यहि मङ्सिर २२ गतेबाट देशभरका सिनेमाघरहरुबाट एकैसाथ प्रदर्शन हुने भएको छ।

निर्माण भएको लामो समय पछि प्रदर्शनमा आउँन लागेको सोहि चलचित्रबाट ‘परदेशी’ अभिनेत्री रजनी के।सी।ले नेपाली रजतपटमा पाईला टेकेकी थिईन। चलचित्रमा रजनी सँगै अर्की अभिनेत्री शुभेच्छा थापाको पनि अभिनय रहेको छ ।

प्राय चलचित्रहरुमा हट सिनका कारण चर्चामा रहने थापाको ‘अन्डर नाइन्टिन’ मा चाहि कस्तो खालको भूमिकामा देखिएकी छिन । यो कुरा हामीले निर्माता तथा कलाकार केदारलाई सोध्दा उनले चलचित्र मनोरञ्जनको प्याकेज रहेको भन्दै सबैलाई पच्ने खालकै दृश्य भएको बताए ।

धनाढ्य बाउको बिग्रेको छोराको कहानीमा आधारित चलचित्रको निर्देशन शिव घिमिरे गरेका हुन्। टिनेजर्सलाई टार्गेट गरेर बनाईएको चलचित्रले दर्शकहरुको मन जित्नेमा निर्माण पक्ष् ढुक्क छ।चलचित्रमा केदार ढुंगाना, शुभेच्छा थापा, रोजन रखाल, रजनी केसी लगायतको अभिनय रहेको छ ।

टिकाराम रखाल मगरको लेखन रहेको चलचित्रमा प्रदीप खड्काको द्धन्द्ध, टंक बुढाथोकी र राजेन्द्र श्रेष्ठको संगीत, प्रवल प्रधानको सम्पादन रहेको छ । त्यसो त अभिनेत्री रजनी केसीद्वारा अभिनित चलचित्र ‘दीपज्योति’पनि यहि मङ्सिर २२ गतेबाट नै प्रदर्शन हुदैछ।

https://www.youtube.com/watch?v=bt4kGJhqa3I



प्रतिक्रिया दिनुहोस्