Logo

म्यानचेस्टर युनाइटेड उक्लिदै, आर्सनललाई जितेपछि म्यानचेष्टर सिटीसँग अंकदूरी ५ मा



१७ मंसिर, काठमाण्डौ । पउल पोग्वाले रातो कार्ड पाएपनि जेस लिनगार्डले दुई गोल गरेको खेलमा म्यानचेष्टर युनाइटेडले आर्सनललाई ३–१ ले पराजित गरेको छ ।

लिग अन्तर्गत आर्सनलको घरेलु मैदानमा एन्टोनियो भ्यालेन्सिया र जेस लिनगार्डले शुरुवातमा गोल गर्दै युनाइटेडलाई १० मिनेटभित्र २–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २ गोलले पछि परेको घरेलु टोली आर्सनलले दोस्रो हाफमा १ गोल फर्काउँदै खेलमा फर्कने संकेत देखाएको थियो। ४९औँ मिनेटमा एलेकजान्डर लाजकाटेले गोल गर्दै आर्सनलका लागि आशा जगाए । तर लिनगार्डले ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले गोल अन्तर बढायो ।

७४औँ मिनेटमा पउल पोग्वाले सिधै रातो कार्ड खाएपछि युनाइटेड दश खेलाडी झरेको थियो। तर त्यसको फाइदा आर्सनलले उठाउन सकेन र युनाइटेड ३–१ ल नै विजयी भयो ।

जितपछि १५ खेलबाट ३५ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत छ भने शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी ५ मा झारेको छ । एक खेल कम खेलेको सिटी ४० अंकका साथ शीर्ष स्थानमा छ । सिटीले आज घरेलु मैदानमा वेष्टहमसँग खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस्