Logo

वार्सिलोनासँग ८ अंकले पछाडि पर्दा उपाधी होडबाट बाहिरिने अवस्थामा रियल मड्रिड



१७ मंसिर, काठमाण्डौ । कप्तान सर्गियो रामोसले रातो कार्ड पाएको खेलमा रियल मड्रिडले एथ्लेटिक विल्वाओसँग गोलरहित बराबरी खेल्दै ला लिगामा अंक बाँडेको छ । यता खेल सकिन तीन मिनेट अगाडि एन्टोनी ग्रीजमनले गोल गरेपछि रियल सोसिडाडमाथि कमब्याक विन हात पारेको एथ्लेटिको मड्रिड रियललाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

२९औँ मिनेटमा सोसिडाडका विलियम जोसेले पेनाल्टीमा गोल गरेपछि एथ्लेटिको १–० ले पछि परेको थियो। पहिलो हाफमा सोसिडाडले उक्त अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा एथलेटिकोले २ गोल फर्कायो । ६३औँ मिनेटमा फिलिपे लुइसले बराबरी गोल गरे भने ८७औँ मिनेटमा ग्रीजमनले गोल गर्दै एथ्लेटिकोलाई ३ अंक दिलाए ।

जितपछि १४ खेलबाट ३० अंक जोडेको एथ्लेटिको छिमेकी रियललाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ भने दोस्रो स्थानको भ्यालेन्सियासँग अंक दूरी १ मा झारेको छ । यस्तै रियलमाथि २ अंकको अग्रता बनाएको छ । रियलको समान खेलबाट २८ अंक छ ।

विल्वाओको घरेलु मैदानमा भएको खेलमा कप्तान रामोसले ८६ मिनेटमा दोहोरो पहँलो (रातो) कार्ड पाएपछि रियल अन्तिम समय दश खेलाडीमा झरेको थियो । रामोस ला लिगामा सर्वा्धिक (१९) रेड कार्ड पाउने खेलाडी बनेका छन् ।

डेपोर्टिभा ला कुरानालाई २–० ले पराजित गरेको सेभियाले रियलसमान २८ अंक जोडेको छ तर गोलअन्तरमा पछि पर्दै सेभिया पाँचो स्थानमा यथावत छ । सेभियाका लागि विसन वेन येडर र माइकल कोहन देहलीले गोल गरे ।

ला लगामा यस सिजन अपराजित रहेको बार्सिलोना १४ खेलबाट ३६ अंकका साथ शीर्ष स्थानमा छ भने अर्को अपराजित टोली भ्यालेन्सिया १३ खेलबाट ३१ अंक जोड्दै दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्