१७ मंसिर,काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को टोलीले निर्माण व्यवसायी शरदकुमार गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका समिरमा बस्नेतलाई चितवनबाट पक्रेको छ । आइतबार पत्रकार सम्मेलन गरेर सिआइबीले बस्नेतलाई सार्वजनिक गर्दै जानकारी दिएको हो । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैंलोरबाट पक्राउ गरेको भनिए पनि बस्नेत चितवनबाट पक्राउ परेको ब्यूरोका प्रमुख पुस्कर कार्कीले जानकारी दिए ।
ब्यूरोका प्रमुख डीआईजी पुष्कार कार्कीले मुख्य योजनाकार बस्नेत चितवनबाट मंसिर १६ गते शनिबार पक्राउ परेको बताए ।
बुटवलमा नेकपा एमालेको युवा संगठन युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि यही समूह सक्रिय रहेको प्रहरीको दावी छ । त्यस्तै गुन्डा नाइके दावा लामामाथि गुहेश्वरी फाँटमा रहेको दिव्य पार्टी प्यालेसमा गोली प्रहारमा पनि यिनीहरुकै संलग्नता रहेको प्रहरीले जनाएको छ ।
लेनदेनको विषयलाई लिएर घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएकभो छ । आइतबार पत्रकार सम्मेलनमा कार्कीले हुलाकी मार्ग निर्माण ठेक्कामा बस्नेतले २ प्रतिशत कमिसन मागेका र उक्त कसिनमा कुरा नमिल्दा गौचनको हत्या गरिएको हुन सक्ने बताए ।
निर्माण व्यवसायी गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो । प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ । बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए ।
प्रहरीले मुख्य सुटर नुवाकोट पञ्चकन्या गाउँपालिका १ घर भएका २१ वर्षीय राजीव स्याङतान, हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने पर्सा कालिकामाई गाउँपालिका १ घर भएका शिवजी महतो, हतियार व्यवस्थापन गर्ने काममा खटिएका विहार भारतका मुकेशकुमार पाण्डे, मोटरसाइकल व्यवस्थापन गर्ने पर्सा ठोरी गाउँपालिका ५ का सन्तोष गुरुङ र सहयोगी भूमिका निर्वाह गरेका काठमाडौं नागार्जुन नगरपालिका ४ का प्रकाश बुढाथोकीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
प्रहरीका अनुसार भारतका विभिन्न स्थानमा बसेर नेपालमा फिरौती असुलीको धन्दा चलाइरहेका समीरमान बस्नेतको योजनामा गौचनको हत्या गरिएको हो ।




प्रतिक्रिया