Logo

स्पेनिस ला लिगा : भ्यालेन्सियाको पहिलो हार



काठमाडौं, १८ मंसिर :  स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाको अपराजित यात्रा टुंगिएको छ। यो सिजन शीर्ष स्थानको बार्सिलोनालाई सुरुदेखि नै टक्कर दिँदै आएको भ्यालेन्सिया लिग अन्तर्गत आइतबार राति भएको खेलमा गेटाफेसँग पराजित भएको हो।

भ्यालेन्सियाको यो हारले बार्सिलोनालाई थप फाइदा पुगेको छ। यो हारसँगै उसले बार्सिलोनासँगको अंक दूरी छोट्याउने महत्वपूर्ण अवसर गुमाएको छ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भ्यालेन्सियाले घरेलु मैदानमा ६६ औं मिनेटमा गोल खाँदै हार बेहोर्‍यो। खेलको २५ औं मिनेटमा अरामबार्री दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो। तर त्यसको फाइदा भ्यालेन्सियाले लिन सकेन।

६६ औं मिनेटमा गेटाफेका लागि बेर्गाराले निर्णायक गोल गरेका हुन्। हारपछि लिगमा दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको १४ खेलबाट ३१ अंक भएको छ। शीर्ष स्थानको बार्सिलोनाको ३६ अंक छ।

एथ्लेटिको मड्रिड ३० अंकसहित तेस्रो तथा २८ अंकसहित रियल मड्रिड चौथो स्थामा छ। गएरातिको जितपछि १९ अंक बनाएको गेटाफे आठौं स्थानमा उक्लिएको छ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्