अछामको विकासको लागि काँग्रेसको जित आवश्यकः महासचिव शाही

0
Shares

अछाम, १८ मंसिर । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले अछामको विकासको लागि काँग्रेसको जित आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेस अछामले बिनायक पंचदेवलमा आयोजना गरेको चुनावी आमसभामालाई सम्बोधन गर्दै महासचिव शाहीले अछामका जनताले काँग्रेसलाई जिताए पठाउन समेत आग्रह गरे ।

शाहीले काँग्रेसले जितेको खण्डमा कर्णाली राजमार्गको स्तरोन्नती, मध्य पहाडि लोक मार्ग पिज गर्न पहल गर्ने बताए । उनले भने,‘ मुलुकभर काँग्रेसको जनलहर आएको छ, यस क्षेत्रमा पनि त्यस्तै देखियो, अब यहाँका जन प्रतिनिधिहरुलाई जनताले मत दिनुस् सिजय गराउँनुस्।’

महासचिव शाहीले एमाले अध्यक्ष केपीशार्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डबीचको मिलन चुनाव सम्मको लागि भएको दावि गरे ।

उनले भने,‘एमाले र माओवादीका मुख्य नेताहरुको सम्बन्ध चुनावसम्मको लागि मात्रै हो, त्यसपनि हरेक कुरामा विमति सुरु हुन्छ स्वार्थका लागि भएको बाम गठबन्धनको आयु धेरै लामो हुने म चाही देख्दिन।’

उनले अघि थपे,‘जनता कसैका दास होईनन्, केन्द्रका नेताको आदेश पालना गर्ने , लोकतन्त्रको रक्षका लागि काँग्रेसको जित आवश्यक छ, एमाले र माओवादीका समर्थकहरुले पनि काँग्रेसलाई मत हाल्ने निश्चित छ।’

मुलुकको हरेक परिवर्तनको नेतृत्व गर्ने काँग्रेसले अब सम्बृद्विको नेतृत्व गर्ने बताउँदै तरुण महासचिव शाहीले अछामी युवाहरुलाई अछाम जिल्लालाई काँग्रेसको किल्ला बनाउन तर्फ सक्रिय हुन निर्देशन दिए ।

Skip This

Omoda E5 Pro