Logo

रुसलाई विन्टर ओलम्पिक खेल्न दिने कि नदिने भन्ने विषयमा निर्णय हुँदै



काठमाडौं, १९  मंसिर । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आईओसीको वैठक आज साँझ स्विट्जरल्याण्डमा बस्दैछ ।

वैठकले रुसलाई आसन्न विन्टर ओलम्पिकमा सहभागिता जनाउन दिने कि नदिने भन्नेमा निर्णय गर्नेछ ।चार वर्षअघि रुसकै सोचीमा आयोजना गरिएको विन्टर ओलम्पिकको क्रममा रुसी खेलाडीलाई राज्यस्तरबाटै प्रतिबन्धित औषधि प्रयोग गराईएको र डोपिङ परिक्षणमा समेत प्रमाण नष्ट गरिएको पाईएको थियो ।

त्यही कसूरमा रुसलाई गत वर्ष ब्राजिलमा सम्पन्न रियो ओलम्पिक खेल्नबाट समेत प्रतिबन्ध लगाईएको थियो ।रुसले त्यसयता डोपिङ समस्याको सुधारमा उल्लेखनीय काम गरेको तर्क गरेपनि आईओसीको विज्ञ टोलीले यसलाई मानेको छैन ।

त्यसैले यही फेब्रुअरीमा दक्षिण कोरीयाको प्योङचाङमा आयोजना हुने विन्टर ओलम्पिकमा रुसको सहभागिता कठिन देखिएको छ । आईओसीले यो खेलमा पनि रुसलाई प्रतिबन्ध लगाए अर्को वर्ष रुसमै आयोजना हुने विश्वकप फुटबल समेत विवादमा पर्ने धेरैको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्