Logo

पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ भन्छन्,“निर्वाचन हुनुभन्दा एक घण्टा अघिपनि वार्ता गर्न सकिन्छ, दलहरुले आह्वान गर्नुपर्छ”



काठमाडौं, २० मंसिर । पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले निर्वाचनविरोधी गतिविधि गर्ने समुहसँग सरकार र राजनीतिक दलहरुले संयुक्त रुपमा वार्ताको लागि आह्वान गर्नुपर्ने धारणा राखेका छन् ।

पत्रकार ऋषि धमलासँग बुधबार विहान नेपाली रडियो नेटवर्कको लागि कुरा गर्दै श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । उनले भने,“सरकारले सेना, सशस्त्र हाई अलर्टमा छन् भनेरमात्रै हुँदैन नि, हाई अलर्ट भन्नुभएन, अलिकति राजनीतिक परिचालन सक्रियतापूर्वक बोली वचनबद्धताबाट प्रतिकार गर्ने अवस्था देखिएन ।”

उनले निर्वाचन शान्तिपूर्ण वातावरणमा हुन्छ भनेर भन्नु र सेना हाई अलर्टमा छ भनेरमात्रै नहुने बताउँदै भने,“सेना, प्रहरीलाई निर्देशन दिएको छु भनेरमात्रै भएन, हिजो राजनीतिक कुरा गरेर तराईमा स्थानीय तहको निर्वाचन अलग्गै भयो । अहिलेको निर्वाचनमा पनि शीर्ष नेताहरुले एक स्वरले आवाज उठाउनुपर्दथ्यो, उनीहरुले त नलाग्नेगरि, तर्साउनेगरि हानिरहेका छन् । बन्दुकको नाल तेर्साउँछु भनेकोले उसले पनि नाल तेर्सायो ।”

उनले सुरक्षा निकायकोमात्रै भर पर्नु नहुने भन्दै वार्ताको लागि दलहरुले संयुक्त रुपमा आह्वान गर्नुपर्नेमा जोड दिए । “हुलमा बन्दुक चलायो भने के हुन्छ, निर्वाचन भएको ठाउँमा बन्दुक चलायो भने के हुन्छ ? अनुमान गर्नुहोस् त”

निर्वाचनको मुखमा वार्ता गर्न मिल्छ र ? भनेर सोधिएको एक प्रश्नमा उनले भने,“मिल्छ नि । एक घण्टा बाँकी छँदापनि वार्ता गर्नुपर्छ । सबै दलहरुलाई आह्वान गरेर संयुक्त रुपमा आग्रह गर्नुपर्छ ।”

यद्धपी उनले निर्वाचनप्रति जनता उत्साहित भएकोले सानातिना घट्नाबाट जनता विचलित नहुने तर्क गरे। श्रेष्ठले भने,“सानातिना घट्नाले केही हुनेवाला छैन । जनता परितर्वनलाई आत्मसात् गर्न चाहन्छन् ।”



प्रतिक्रिया दिनुहोस्